भागवत भट्टराई सेजन अध्यक्ष निर्वाचित, नयाँ कार्यसमिति चयन

  • कालिका खवर
  • आइतवार, भदौ २२, २०८२
  • काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ अधिवेशन तथा साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनमार्फत भागवत भट्टराई सेजनको अध्यक्षमा निर्वाचित भएका छन्।

    अध्यक्षमा भट्टराईले ११० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९० मत र आशा थपलियाले ४१ मत पाएका थिए।

    महासचिव पदमा कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी अच्युत पुरीले १०४ मत पाए।

    कोषाध्यक्षमा केशु लामिछाने १३३ मतसहित निर्वाचित भएकी छन्। उनको प्रतिस्पर्धी ममता थापाले १०८ मत प्राप्त गरिन्।

    यस्तै, उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन्।

    सदस्यतर्फ अर्जुन तामाङ (१४१), कमल धिताल (१८५), भोजराज भण्डारी (१४६), राजु बाँस्कोटा (१५९) र सिमा तामाङ (१६२) निर्वाचित भएका छन्।

    यसरी सेजनको नयाँ कार्यसमिति पूर्णत: गठन भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar