गाडी रिजर्भ गरेर वडाले ६५ जनालाई देखायो ‘पूर्णबहादुरको सारंगी’

  • कालिका खवर
  • बुधबार, कार्तिक २८, २०८१
  • दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-११ नम्बर वडा कार्यालयले वडाका ६५ जनालाई फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेराएको छ । वडाध्यक्ष मानबहादुर राउतले फेसबुकमार्फत यस्तो जानकारी दिएका छन् ।

    राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्मासहित तुलसीपुर–११ का दलित अगुवा, वडाका जनप्रतिनिधि, वडा सचिवसहितलाई फिल्म हेराइएको राउतले उल्लेख गरेका छन् ।

    ‘कुरिती, कुसंस्कार, शैक्षिक चेतनामूलक नेपाली फिल्म पुर्णबहादुरको सारंगी हेर्न फिल्म हलमा पुगेका छौ । नेपाली फिल्मलाई प्राथमिकता, युवा व्यवसायीलाई उत्साहित गर्ने उद्देश्यले पूर्णबहादुरको सारंगी फिल्म हेर्ने निधो गरिएको हो’ उनले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar