विभिन्न बहानामा भत्काइएका सडक वर्षात्अघि बनाइयोस् : प्रदीप पौडेल

  • कालिका खवर
  • मङ्लबार, बैशाख २६, २०८०
  • काठमाडौं : नेकपा एमाले सांसद प्रदीप पौडेलले विभिन्न बहानामा भत्काइएका सडक पुनरनिमार्णका लागि सरकारसँग माग गरेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेले  खानेपानीका पाइप र बिजुलीका तार भूमिगत गराउने नाममा भत्काइएका सडक वर्षात् लाग्नुअघि बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

    उनले भने,’खानेपानीको पाइप बिछ्याउनेदेखि बिजुलीका तार भूमिगत गराउने नाममा सडक बारम्बार खनिराखेको छ। भत्काइएका सडक वर्षात्अघि बनाउन सरकारसँग माग गर्दछु।’

    उनले फुटपातमा निर्माण सामग्री राखेर सडक अस्तव्यस्त भएको बताए। उनले सरकारका विभिन्‍न निकायहरूबीच समन्वयन हुन नसक्दा विकासले गति लिन नसकेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar