• कालिका खवर
  • बुधबार, चैत्र ११, २०८२
  • काठमाडौँ । न्यु मेक्सिकोका महान्यायाधिवक्ता राहुल टोरेजले बालबालिकाको सुरक्षाभन्दा मुनाफालाई प्राथमिकता दिएको आरोपमा दायर गरेको मुद्दामा Meta दोषी ठहरिएको छ।
    जुरीले लामो छलफलपछि मेटाले उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको निष्कर्ष निकालेको हो।

    महान्यायाधिवक्ता टोरेजले यस निर्णयलाई हरेक बालबालिका र परिवारका लागि ऐतिहासिक विजयको रूपमा व्याख्या गरेका छन्। उनले अदालतको फैसलाले कुनै पनि कम्पनी कानुनभन्दा माथि नरहेको स्पष्ट सन्देश दिएको बताए।

    करिब ६ हप्तासम्म चलेको बहसका क्रममा राज्यका तर्फबाट वकालत गर्ने वकिलहरूले मेटाले पछिल्लो एक दशकदेखि इमानदार र पारदर्शी रूपमा काम गर्न असफल भएको तथा युवा पुस्ताको सुरक्षाका लागि पर्याप्त कदम नचालेको आरोप लगाएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar