२४ घण्टामा १ हजार १३९ जना ट्राफिक कारबाहीमा

  • कालिका खवर
  • शनिबार, भदौ ६, २०८३
  • काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५०, सिसिटिभिमार्फत ६७, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १५६, हर्न निषेधमा ४६, लेन क्रसमा ९९, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ६११ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar