१४औं राष्ट्रिय रग्बी सेभेन्सको तयारी पूरा, पुरुष र महिला दुवैतर्फ सात÷सात टोलीको सहभागिता

  • कालिका खवर
  • शुक्रबार, चैत्र २७, २०८२
  • ललितपुर – शनिबारबाट राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाडौंमा सुरु हुँदैछ । पुरुष र महिला दुवैतर्फ सात÷सात गरी १४ टोलीले सहभागिता जनाउने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार एनएसजेएफमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजक नेपाल रग्बी संघले जानकारी दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ ।आइतबारसम्म चल्ने प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट गरिने रग्बी संघले जनाएको छ ।

    प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको टोलीले सहभागिता जनाउने छन्। त्यस्तै महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका टिमले सहभागीता जनाउने भएका छन् ।

    विजेता महिला र पुरुष टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी जित्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।यस्तै उत्कृष्ट एक–एक महिला र पुरुष खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

    प्रतियोगितामा सहभागी टोलीलाई २–२ पोलमा विभाजन गरीएको संघले जनाएको छ । प्रतियोगिताको अनुमानित खर्च ३० लाख रुपैयाँ रहेको छ भने खेलाडीका लागि १ लाख २५ हजार बराबरको दुर्घटना बीमा गरिएको जनाइएको छ ।

    यही प्रतियोगितालाई आधार मानेर जापानमा हुने २०औं एसियाली खेलकुद प्रतियोगिता र ताईवानमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि खेलाडी छनोट गरिने संघका महासचिव गोविन्द घिमीरेद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar