यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै

  • कालिका खवर
  • शुक्रबार, अशोज १६, २०८३
  • काठमाडाैं । यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा पुगेको छ । यस वर्षको मनसुन बाहिरिने औसत मिति अक्टोबर २ आज (असोज १६) परेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने यो औसत समय भएकाले केही दिन अघि वा पछि हुन सक्नेछ ।

    मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन देशबाट एकैपटक नभई पश्चिमी भू–भागबाट क्रमैसँग हट्दै पूर्वी प्रदेशबाट पूर्ण रूपमा बाहिरिनेछ । हाल महाशाखाले यसको सूक्ष्म अनुगमन गरिरहेको र चाँडै औपचारिक बुलेटिन जारी गर्ने तयारीमा रहेको जनाएको छ ।

    यस वर्ष औसत मिति (जुन १३) भन्दा ६ दिन ढिला गरी जुन १९ (असार ५)मा भित्रिएको मनसुन जुन ३० मा देशव्यापी बनेको थियो । मनसुन बाहिरिएपछि नेपालमा दुई महिना (अक्टोबर र नोभेम्बर) ‘पोस्ट-मनसुन’ सिजन रहनेछ भने डिसेम्बरदेखि हिउँद (विन्टर) सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar