वर्ल्ड गेम्स खेल्न असार २१ गते फ्रान्स प्रस्थान गर्दै स्वतिश्री स्पोर्ट्स एकेडेमी

  • कालिका खवर
  • शनिबार, असार १३, २०८३
  • काठमाडौं । नेपालको युवा फुटबलका लागि गौरवको अवसर सिर्जना गर्दै स्वतिश्री स्पोर्ट्स एकेडेमीको टोली असार २१ गते, आइतबार फ्रान्सको पेरिस प्रस्थान गर्ने भएको छ । टोलीले जुलाई ६ देखि ११ सम्म आयोजना हुने प्रतिष्ठित पेरिस विश्व खेल – २०२६ (Paris World Games – 2026)अन्तर्गत ७-ए-साइड फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छ।

    विश्वका विभिन्न देशका युवा टोलीहरू सहभागी हुने यस प्रतियोगितामा नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने छ । विदेशी टोलीसँगको प्रतिस्पर्धाले खेलाडीहरूको अनुभव र आत्मविश्वास अझ बढाउने विश्वास गरिएको छ ।

    नेपालको प्रतिनिधित्व गर्ने स्वतिश्री स्पोर्ट्स एकेडेमीका खेलाडीहरू :
    साक्ष्यात नेपाल
    वाङ्दु दोर्जे गुरुङ
    श्रेयांश श्रेष्ठ
    आर्नव राज भारती
    आह्वान शाक्य
    विहान खड्गी
    लिसन श्रेष्ठ अधिकारी
    मुख्य प्रशिक्षक : ज्वाला विष्ट (पुष्पा)

    स्वतिश्री स्पोर्ट्स एकेडेमीको यो सहभागितालाई नेपाली युवा फुटबलका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विश्वका उत्कृष्ट युवा टोलीहरूसँग प्रतिस्पर्धा गर्दै खेलाडीहरूले अन्तर्राष्ट्रिय अनुभव बटुल्ने मात्र होइन, नेपालको फुटबल प्रतिभालाई विश्वसामु चिनाउने अवसर पनि प्राप्त गर्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar