विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत छ : नेता घिमिरे

  • कालिका खवर
  • आइतवार, अशोज २६, २०८२
  • काठमाडौं : नेपाली कांग्रेसका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको थियो । उक्त हस्ताक्षर अभियान सकिएको र रिपोर्ट लेखनको कार्य जारी रहेको कांग्रेस नेता गुरुराज घिमिरेले बताए ।

    नेता घिमिरेले आफूहरुले हस्ताक्षर आइतबार पार्टी कार्यालयमा समय लिएर दर्ता गर्ने तयारी रहेको पनि बताए । ‘हस्ताक्षर अभियानको रिपोर्ट तयार हुँदैछ । ५१ प्रतिशतको हस्ताक्षर हामीसँग प्राप्त भइसकेको छ । आइतबार पार्टी कार्यालयसँग समय लिएर दर्ता गर्छौं,’– उनले भने । नेपाली कांग्रेसले भोलिकै लागि केन्द्रीय समिति बैठकसमेत आह्वान गरेको थियाे । तर, उक्त बैठक असाेज २८ गतेका लागि सारिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar