विकल पौडेल अवैध सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले सरकारी सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको छ।

    विशेष अदालतले पौडेलको १८ वर्षको आम्दानी तथा खर्चको लेखाजोखा गर्दा उनको वैध आम्दानी करिब ४ करोड १६ लाख रुपैयाँ मात्र रहेको पाएको छ। तर सो अवधिमा उनको खर्च तथा लगानी भने ४६ करोड रुपैयाँभन्दा बढी देखिएको अदालतको निष्कर्ष छ।

    पौडेलको सिंगापुर र अमेरिकास्थित बैंक खातामा विदेशी कम्पनीबाट आएको रकम तथा विभिन्न कम्पनीको शेयरमा गरिएको ठूलो लगानीको स्रोतसमेत उनले पुष्टि गर्न नसकेको अदालतले जनाएको छ।

    अदालतले स्रोत नखुलेको करिब ४२ करोड रुपैयाँलाई बिगो कायम गर्दै पौडेललाई साढे दुई वर्ष कैद, सोही बराबरको जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ।

    अदालतको फैसलासँगै सरकारी सेवामा रहँदा पौडेलले गरेको आम्दानी, खर्च र लगानीको स्रोतबारे उठेको प्रश्न कानुनी निष्कर्षमा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar