वीरगञ्जको होटलबाट जुवा खेल्दै गरेका तीन जना पक्राउ

  • कालिका खवर
  • सोमवार, अशोज २७, २०८२
  • पर्सा, असोज २७ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ फुलबारी टोलस्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवा खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।

    मिति २०८२ असोज २६ गते राति करिब २१ः४५ बजे प्राप्त विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो होटलमा चलिरहेको जुवा खेल अवैध रुपमा भइरहेको ठहर गर्दै पक्राउ कारबाही गरेको हो।

    प्रहरीले पक्राउ परेकाहरूबाट जुवाखालमा प्रयोग भएका तासका पत्तीहरू र नगद रकम रु. ५०,७५५ (पचास हजार सात सय पछपन्न रुपैयाँ) समेत बरामद गरेको जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेकाहरूमा

    १. वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २० का रोहित रौनियार,

    २. ऐ. ऐ. बस्ने वर्ष ३० का श्यामबाबु राय,

    ३. ऐ. ऐ. वडा नं.१५ बस्ने वर्ष २५ का अनन्त कुमार गुप्ता रहेका छन्।

    उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पठाइएको छ।

    प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न निरन्तर निगरानी र कारबाही जारी राख्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar