वीरगन्ज दसैं मेला : ग्याङ फाइटमा एक जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, अशोज १५, २०८२
  • वीरगन्ज । वीरगन्जमा आयोजित दसैं मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।
    पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवाद चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (पूर्ण परिचय खुल्न बाँकी) युवकको मृत्यु भएको हो ।

    प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार मेलाको सुरुवाती दिनमै गीता मन्दिर नजिक दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    उक्त विवाद राति हिंसात्मक रुप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि मेलास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने झगडामा संलग्न आशंकित व्यक्तिहरूलाई खोजी कार्य तीव्र बनाइएको पर्सा प्रहरीले जनाएको छ ।

    दसैं मेलाको सुरुवातमै यस्तो घटना भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ । प्रहरीले मेला क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा पारेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar