विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार टेकुबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना, तिनथाना गैरीगाउँबाट ट्रामाडोल ३० ट्याब्लेटसहित चार जना, विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना तथा हरूचोकबाट ६ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका हुन् ।

    यसैगरी, चनौटेबाट ५ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना, चेपाङ बजार, डाँफे, लालपुर चोक तथा कोठियाघाट–ओरालीबजारबाट विभिन्न परिमाणको खैरो हेरोइनजस्तो देखिने पदार्थसहित आठ जना, मिलनचोकबाट २ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना तथा चाँदनी चोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रु १२ हजार २२५ सहित एक जना पक्राउ परेका छन् ।

    त्यसैगरी, दाङको जुरौनीबाट ३५ किलोग्राम चरेससहित एक जना तथा स्याउलेबाट १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar