वडा नम्बर १० को अगुवाईमा भागावन पदमार्गको सरसफाई, अभियानका रुपमा अगाडी बढाउने वडा अध्यक्षको प्रतिवद्धता, सहयोग गर्ने मेयरको वचन

  • कालिका खवर
  • शनिबार, साउन १६, २०८३
  • ललितपुर – गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत भागावन पदमार्गको शनिवार सरसफाई गरिएको छ । बागेश्वरी मन्दिरको प्राङ्गणबाट सुरु भएको सरसफाई पदमार्गको मध्यभागसम्म गरिएको छ । नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उद्घाटन गरेको सरसफाई कार्यक्रम विहान ७ बजेर सुरु गरेर ९ बजे समापन गरिएको थियो ।
    गोदावरी नगरपालिका वडा नम्बर १० नम्बरको आयोजना तथा रमणीय पर्यटन सहकारी संस्था लिमीटेड र सीर्जनसीप सेवा प्रालिको सहकार्यमा भएको सरसफाइ कार्यक्रममा ७० जनाको सहभागीता रहेको थियो ।


    सरसफाइमा महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी शिला थापासहितको प्रहरी टोली, गोदावरी नगर प्रहरी , रमणीय पर्यटन सहकारीका टोली , सीर्जनसीप सेवा प्रालिका कर्मचारी,समाजसेवी, बुद्धिजीवि,पत्रकार ,क्लबका सदस्य र स्थानीयको उपस्थिती रहेको थियो । सरसफाइका क्रममा बागेश्वर मन्दिर प्राङ्गण र त्यसमन्दिर माथिको सिढीँ र वरपर सरसफाइ गरिएको थियो ।


    सफाइका क्रममा सिढीँको लेउ र पातपतिङ्गर निकाल्नुका साथै वरपर फ्याँकीएका चाउचाउ, चिप्स , लेज लगायतका प्लाष्टिकका खोल र मिनिरल वाटर लगायत विभिन्न पेय पदार्थका बोतललाई संकलन गरेर सीर्जनसीप सेवा प्रालिले ब्यवस्थापनका लागी लिएर गएको छ ।


    सफाई कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष शेखर न्यौपानेले कमसेकम प्रत्येक महिनामा वडा अन्र्तगतका क्षेत्रमा सरसफाई कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाए ।
    उनले सीर्जनसीप समूह, रमणीय सहकारी संस्था , नेपाल प्रहरी , नगर प्रहरी लगायत सहभागी सम्पूर्णलाई धन्यवाद दिए । सरसफाई कार्यक्रम अभियानका रुपमा अब अगाडी बढ्ने हुँदा सम्पूर्ण वडावासीलाई आगामी दिनमा यस्ता कार्यक्रममा सहभागी भइदिन अनुरोध गरे ।


    यसअघि सरसफाई कार्यक्रमलाई उद्घाटन गर्दै मेयर मर्हजनले पर्यटकीय स्थलका रुपमा विकास गर्दै लैजान यस भागावन पदमार्गमा सरसफाइको अभियानलाई निरन्तर सहयोग गर्ने वचन दिएका थिए ।


    पर्यावरण संरक्षणमा स्थानीय समुदायसँग निरन्तर सहकार्य गरिरहने रमणीय पर्यटन सहकारी संस्था लिमीटेडका अध्यक्ष रुपेश तिमल्सीनाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar