उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रह

  • कालिका खवर
  • शनिबार, कार्तिक २२, २०८२
  • काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।

    आज काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरका रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

    उनले नयाँ बिजनेस बनाएर अघि बढ्न सके केही दुर्घटनामा परेजस्तो देखिएको नेपालको उद्योग, व्यवसाय सुधार हुने अवस्था रहेको बताए । उद्योग क्षेत्रको विकासमा अघि बढ्न निजी क्षेत्र निराश भएर बस्नुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे ।

    गभर्नर पौडेलले मुलुकको अर्थतन्त्र अघि बढाउन कालोसूची बाधकका रूपमा देखिएको बताए । त्यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar