त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

  • कालिका खवर
  • आइतवार, असार २१, २०८३
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट ल्याइएको गाँजासहित लागु औषध नियन्त्रण ब्युरो शाखाले कोलकत्ता पश्चिम बंगाल ठेगाना भएका ५७ वर्षीय हरि क्षेत्रीलाई पक्राउ गरेको हो ।

    चेकजाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा २ केजी ८०० ग्राम भेटिएको जानकारी दिइएको छ । उनी थाई एयरवेजको उडान नं. टीजी ३०९ मा थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar