तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • दमौली । तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानमा आज (असोज १८) मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय शंकर पाण्डे र ६५ वर्षीय टंकनीति पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारका निम्ति अस्पताल पठाइएको थियो ।

    छुट्टाछुट्टै अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए । मोटरसाइकल चालक शंकरको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । टंकनीतिको उपचारका क्रममा प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar