टिपरको ठक्करबाट साइकल चालकको मृत्यु

  • कालिका खवर
  • शनिबार, साउन २, २०८३
  • बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ ।

    शनिबार दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंक रोड भैरहवा बस्ने ६० वर्षीय तारचन सुनारको मृत्यु भएको हो ।

    भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जीसीले जानकारी दिए ।

    दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar