टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा दुई जना रंगेहात पक्राउ

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • झापा : झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट तार चोर्दै गर्दा उनीहरू पक्राउ परेका हुन्।

    सोमबार बिहानको करिब ४ः३० बजेको समयमा पोलमा चढेर नेपाल टेलिकमको केबल काटिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको नियमित गस्ती टोलीले उनीहरूलाई फेला पारेको थियो। पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय संगम शेर्पा र सोही नगरपालिकाको वडा नम्बर १५ बस्ने २१ वर्षीय मणिराज राजवंशी रहेका छन्।

    प्रहरीले उनीहरूको साथबाट चोरीमा प्रयोग गरिएका सामग्री र काटिएको तार समेत बरामद गरेको छ। घटनास्थलबाट अन्दाजी ३५ मिटर नेपाल टेलिकमको केबल तार, तार काट्न प्रयोग गरिएको ३ थान ह्याक्सो ब्लेड र १ थान तार कटर बरामद भएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका दुवै युवकविरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान गर्नका लागि झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar