सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ९० जना घाइते

  • कालिका खवर
  • आइतवार, साउन १७, २०८३
  • काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् ।

    आइतबार दिउँसो नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार ललितपुर, काठमाडौं, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, कैलाली र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

    साथै, कोशीमा ९, मधेशमा १३, काठमाडौंमा १०, बागमतीमा ६, गण्डकीमा १, लुम्बिनीमा १३, कर्णालीमा २ र सुदूरपश्चिममा १७ गरी ९० जना सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar