सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बन्यो

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको छ ।

    बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको उल्लेख गरेको छ। हाल पनि थप पहिरो खसिरहेको जनाइएको छ ।

    पहिरोका कारण हुङ्गा (हुङ्कु) खोला तथा दुधकोशी नदीमा जोखिम बढ्न सक्ने भन्दै तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    महाशाखाले अर्को सूचना जारी नभएसम्म हुङ्गा खोला, दुधकोशी नदी तटीय तथा आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar