संसद पांच बर्ष सम्म चल्न सकिदैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • कलैया । राष्ट्रिय प्रजातन्त्र पार्टिको केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले संसद पांच बर्ष सम्म चल्न नस्सक्ने दाबी गर्नु भएको छ ।

    राप्रपा बाराको पांचौ जिल्ला अधिबेशनलाई कलैया स्थित एभरेस्ट लजमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले प्रमुख राजनैतिक दल बिच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो ।

    देशमा राजनैतिक स्थिरता कायम गराउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउदै देशले समृधी पाउने बिश्वास दिलाए । देश अहिले संकटग्रस्त अवस्थामा गुज्रिएको छ , देशमा आएको बिपत्ति लाई हटाउन सर्वसाधारणले गाँस ,बासं कपासको लागि सहज ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।

    देश अहिले सुरुङ्ग मार्गमा फसेको जस्तै भएको छ ,यसको निकास राज्यले प्राथमिकतामा राखेर अगाडि बढनुप्रने औलाउनु भयो । नेपाल लाई हिन्दु राष्ट्र कायम गर्न प्रमुख दल रास्वपा सहितको नेताले एकदिन हिन्दु राष्ट्रको पक्षमा समर्थन जनाउने अध्यक्ष लिगदेनले बताए ।

    राप्रपा बारा जिल्ला अध्यक्ष गिरधारी चौधरीको अध्यक्षतामा भएको ५ औ जिल्ला अधिबेशनलाई प्रमुख अतिथी राजेन्द्र लिङदेनले स्वर्गीय पृथ्वीनारायण शाहको फोटोमा फुलमाला अर्पण गर्नु भएको थियो । पांचौ जिल्ला अधिबेशन लाई सम्बोधन गर्दै राप्रपा मधेस प्रदेश अध्यक्ष भरत गिरिले देशलाई महङ्गी , भ्रष्टाचार बाट निर्मुल पार्न सरकार उदासिन रहेको आरोप लगाए ।

    भोटेकोसीमा आएको बाढीले क्यौको ज्यान गएको , क्यौ घाईते भएको अवस्थामा रहेको ,भागेर ज्यान बचाउन सफल नेपालीको लागि देशमा ग्यास अभावको कृत्रिम सृजना गर्नु दुखदायी रहेको बताउनु भयो।

    पांचौ जिल्ला अधिबेशनमा राप्रपा मधेस प्रदेशको उपाध्यक्ष भरतबहादुर मल्ल , सहमहामन्त्री मोहन यादव, राप्रपा बारा जिल्ला उपाध्यक्ष महाबिर यादव, राप्रपा बारा क्षेत्र १ का क्षेत्रीय अध्यक्ष ललन यादव, क्षेत्र २ का क्षेत्रीय अध्यक्ष बच्चा प्रसाद साह, देवनारायण साह तेलि लगायतले शुभकामना मन्तव्य राखेका थिए । पांचौ जिल्ला अधिबेशनले अध्यक्ष पदमा बिनोद कुमार भारती लाई सर्वसहमतिमा चयन गरिएको निबर्तमान अध्यक्ष गिरधारी चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा राप्रपा जिल्ला पदाधिकारी ,मधेस प्रदेशका पदाधिकारी संचारकर्मिको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar