सिमरामा भएको घटना संवेदनशील छ : रास्वपा

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ । केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

    ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ’, रास्वपाले भनेको छ ।

    बाराको परवानीपुरमा एमालेको कार्यक्रममा जान महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल र महेश बस्नेत लगायत नेताहरू सिमरा विमानस्थलमा जान रोक लगाउँदा झडप भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar