स्वयम्भूमा एक महिने रक्तदान कार्यक्रम सम्पन्न, २७० जनाले गरे रक्तदान

  • कालिका खवर
  • सोमवार, भदौ २९, २०८३
  • निराज रानाभाट, काठमाडौं । काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरस्थित भगवान् पाउको प्राङ्गणमा १ महिनासम्म सञ्चालन गरिएको दैनिक रक्तदान कार्यक्रमबाट २ सय ७० जना रक्तदाताले रक्तदान गरेका छन् । वि.सं. २०८३ साउन २८ गतेदेखि भदौ २७ गतेसम्म दैनिक बिहान ७:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन भएको उक्त रक्तदान कार्यक्रम १ महिनापछि सम्पन्न भएको हो । व्यस्त समयलाई व्यवस्थापन गर्दै रक्तदानमा सहभागी २ सय ७० जना रक्तदाताप्रति आयोजकले उच्च सम्मान तथा आभार व्यक्त गरेको छ । लायन्स क्लब अफ काठमाडौं ब्लडहुड, लियो क्लब अफ काठमाडौं ब्लडहुड, विश्व रक्तदाता संगठन, नेपाल राष्ट्रिय खड्गी समाज केएमसि-६ तथा गोकर्णेश्वर संयुक्त इकाई, नेवा: दे दबु र नेपाली रक्तदाता संघलगायतको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

    कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक, भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेका थिए । बन्दीपुर केबलकार लिमिटेडले रक्तदाता तथा स्वयंसेवकहरूलाई बन्दीपुर भ्रमणका लागि केबलकारमा निःशुल्क आवतजावतको टिकट व्यवस्था गरेको थियो । त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं. १५ का वडा अध्यक्षसहितको टोली तथा काठमाडौं महानगरपालिकालाई पनि आयोजकले विशेष धन्यवाद दिएको छ ।

    कार्यक्रममा सुनिल डंगोलले रु. २ हजार आर्थिक साथै रक्तदाताका लागि रियल जुस उपलब्ध गराएका थिए, भने श्रीजनमान श्रेष्ठले रु. ५ सय आर्थिक सहयोग गरेका थिए । यस्तै, नेपाल राष्ट्रिय खड्गी समाज तथा गोकर्णेश्वर संयुक्त इकाईबाट एक केस रियल जुस र रु. ६ हजार सहयोग गरेको थियो । कार्यक्रमको प्राविधिक व्यवस्थापन तथा सहयोगका लागि त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र र इनोभा अस्पताललाई विशेष आभार व्यक्त गरिएको छ । रक्तदान जस्तो मानवीय सेवाको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आयोजकले सहयोग, सहकार्य र सहभागिता जनाउने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं ब्लडहुडका अध्यक्ष सरोज महर्जनको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका संयोजक राजिब श्रेष्ठ रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar