स्वास्थ्यमन्त्री र नर्वेका राजदूतबिच भेटवार्ता

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसले शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा नेपाल र नर्वेबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो।

    भेटघाटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा नर्वे सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेकी थिइन् ।

    मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन तथा जडीबुटी क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।

    जवाफमा राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताअनुरूप स्वास्थ्यलगायतका क्षेत्रमा आगामी दिनमा पनि नर्वे सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar