रविले बोलाएको सर्वदलीय बैठक सुरु

  • कालिका खवर
  • सोमवार, जेष्ठ २५, २०८३
  • काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको हो । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टीका दुई/दुई जना सहभागी छन् ।

    रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन साहले संसदमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको बेला सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar