रोयल नेपाल रोधी क्लबले मनाउँदै पहिलो वार्षिकोत्सव, पाँच दिने भव्य कार्यक्रम

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • काठमाडौं । नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उद्देश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाउँदैछ। लाजिम्पाटस्थित क्लबले भदौ १८ देखि २२ गतेसम्म पाँच दिने विशेष कार्यक्रम आयोजना गर्दै उत्सवको माहोल सिर्जना गर्ने तयारी गरेको छ।

    क्लबका प्रबन्ध निर्देशक सुनिल छेवाङ लामाले भने, “नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्टका रूपमा परिचित यस क्लबले एक वर्षमा सांगीतिक कार्यक्रम, स्वादिष्ट भोजन, प्रिमियम बार र उच्चस्तरीय सेवाबाट पाहुनाको मन जित्दै आएको छ। पहिलो वर्षको उपलब्धिलाई हामी ‘नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगम’का रूपमा प्रस्तुत गर्न तयार छौं।”

    वार्षिकोत्सवको उद्घाटन नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति एवं बागमती प्रदेश सांसद एवं पूर्वमन्त्री तीर्थ लामाबाट हुने आयोजक समितिले जनाएको छ। कार्यक्रम अवधिभर दोहोरी तथा लोकसंगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य, लकी ड्र, पुरस्कार वितरण तथा लेट–नाइट डीजे सेसन आयोजना गरिनेछ।

    वार्षिकोत्सवमा सहभागी कलाकारमा पहिलो दिन राजु परियार, दोस्रो दिन ज्योति मगर, तेस्रो दिन पशुपति शर्मा र विशेष तामाङ सेलो (रोज मोक्तान, फुलकुमार बमजन, कोशिश थोकर) समावेश छन्। अन्तिम दिन मोडल तथा डान्सर सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखेले प्रस्तुति दिनेछन्।

    क्लब केवल रेष्टुरेन्ट नभई सांस्कृतिक केन्द्रको रूपमा परिचित छ। प्रबन्ध निर्देशक लामाले भने, “रोयल नेपाल रोधी क्लबले संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली रोधी संस्कृतिलाई चिनाउने लक्ष्य राखेको छ। वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहकलाई फ्ल्याट २० प्रतिशत छुट दिने घोषणा गरिएको छ र क्लबले भविष्यमा पनि गुणस्तरीय सेवा, स्वादिष्ट भोजन र आकर्षक सांगीतिक प्रस्तुतिहरूमार्फत आगन्तुकको अनुभव अझ समृद्ध बनाउने प्रतिबद्धता जनाएको छ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar