रोमानियामा रेलको ठक्करबाट २ जना नेपालीको मृत्यु

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । रोमानियामा रेलले ठक्कर दिँदा दुईजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ र ३६ वर्षका नेपाली नागरिक रहेका छन् भने परिचय भने खुल्न बाँकी छ । राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल ट्रयाकमा दुर्घटना भएको हो ।

    जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले घटनाबारे जानकारी पाएको र आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ । रोमानियामा नेपालको दूतावास छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar