रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • रोल्पा । रोल्पामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ ।

    रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ति पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।

    पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ ।

    बेपत्ता हुनेमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar