राष्ट्रपतिसँग बिदाइ भेट

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौँ, ९ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गर्नुभयो ।

    त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar