राप्रपाका महामन्त्री धवल शम्शेरले बोलाए छुट्टै भेला

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १८, २०८२
  • काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आज आफूनिकट नेताहरूको भेला आयोजना गर्दै छन्। महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भेला अहिले दिउँसो १२:३० बजे बालुवाटारस्थित नेपाल हाउसमा सुरु हुनेछ। बैठकमा महामन्त्री राणानिकट पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुने ती सदस्यले बताए।

    महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताइरहेका छन् भने अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशनकै लागि मंसिर मसान्तसम्मको समय तोकेका छन्। २०७८ मंसिरमा भएको महाधिवेशनबाट निर्वाचित राप्रपाको वर्तमान नेतृत्वको कार्यकाल आगामी मंसिर १८ गते सकिँदै छ।

    ‘यिनै विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न महामन्त्री राणाले आजका लागि भेला बोलाउनुभएको हो’, ती केन्द्रीय सदस्यले भने । गत माघमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री राणाले अध्यक्ष लिङ्देनको आलोचना गर्दै ६ पृष्ठको छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar