रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • शनिबार, अशोज १७, २०८३
  • बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    संस्थाको केन्द्रीय कार्यालय बुटवल–१०, कालिकानगर, रुपन्देहीको आयोजनामा २०८३ असोज १७ गते इलाका सञ्चालन कार्यालय मंगलपुरअन्तर्गत रहेका सातवटा शाखामार्फत विभिन्न बैंकिङ समुदायमा आबद्ध सदस्य तथा गैरसदस्यहरूलाई लक्षित गरी अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा संस्थाका अध्यक्ष डा. मानबहादुर बी.के. तथा सञ्चालक समिति सदस्य यज्ञविक्रम शाहीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय कार्यालय, इलाका सञ्चालन कार्यालय तथा शाखा सञ्चालन अधिकृत र कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

    रैथाने व्यवसाय सञ्चालन गर्दै आएका सदस्यहरूले उत्पादन गरेका वस्तुहरूको बजार विस्तार तथा बजारीकरणका लागि आवश्यक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

    कार्यक्रममा विभिन्न बैंकिङ समुदायका सदस्य, गैरसदस्य तथा कर्मचारी गरी करिब ५० जनाको सहभागिता रहेको थियो। अनुशिक्षणका क्रममा स्थानीय तथा रैथाने उत्पादनको सम्भावना पहिचान, उत्पादनको मूल्य अभिवृद्धि तथा उत्पादित वस्तुलाई प्रभावकारी रूपमा बजारसम्म पुर्‍याउने विषयमा छलफल तथा ज्ञान आदानप्रदान गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष डा. यमबहादुर विकले गर्नुभएको थियो।

    संस्थाले स्थानीय स्रोत, सीप र उत्पादनमा आधारित व्यवसायलाई प्रोत्साहन गर्दै सदस्यहरूको आर्थिक गतिविधि तथा उद्यमशीलता विकासमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar