राहदानी अगाडी आत्मदाह प्रयास गर्ने व्यक्तिको अवस्था गम्भीर

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।

    प्लास्टिक सर्जन डा. दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ ।शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताए । आकस्मिक कक्षमै आवश्यक प्राथमिक उपचार, औषधि तथा परीक्षणको प्रक्रिया पूरा गरिँदै छ । एनेस्थेसिया टोलीसँग समन्वय गरी उनलाई आईसीयूमा सार्ने तयारी भइरहेको दाहालले जानकारी दिए ।

    ‘उहाँको अवस्था अहिले निकै गम्भीर छ । अनुहारदेखि छाती, घाँटी, हात र खुट्टासम्म जलेको छ । शरीरको करिब ६० प्रतिशत भागमा जलन देखिएको छ । अहिले आकस्मिक उपचारका सबै प्रक्रिया पूरा गरेर आईसीयूमा सार्ने तयारी गरिरहेका छौं,’ डा. दाहालले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar