पुजारीको भेषमा लुकिछिपी बस्दै आएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • जनकपुरधाम । सिराहामा साधुबाबा (पुजारी)को भेषमा लुकिछिपी बस्दै गरेको अवस्थामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन् ।

    प्रहरीका अनुसार यादव समेत ११ जना प्रतिवादीहरू मिलेर २०४१ वैशाख १ गते सोही स्थानमा वैशाखे मेलाको अवसरमा मन्दिरमा बोका चढाउने विषयमा विवाद हुँदा साबिक खरुक्याही गाविस ४ बस्ने रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरी हत्या गरेका थिए ।

    सोही घटनामा संलग्न भएको आरोपमा उच्च अदालत यादवलाई १ वर्ष कैद सजाय तोकेको थियो । सजाय पाएसँगै फरार भएका यादवलाई बिहीबार (हिजो) आफ्नो गाउँस्थित शिवमन्दिरमा पुजारीको भेषमा लुकिछिपी बस्दै आएको बेला प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ लगत्तै यादवलाई जिल्ला अदालतमा सिराहामा बुझाएको छ । प्रहरीका अनुसार सोही घटनामा संलग्न अन्य ११ जना फरार प्रतिवादीहरूको मृत्यु सकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar