पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

  • कालिका खवर
  • शनिबार, अशोज १८, २०८२
  • पोखरा । प्रशासनले आजदेखि असोज २० गतेसम्म देशभर र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको भन्दै हिमाली क्षेत्रतर्फ पदयात्रा गर्न नजान आग्रह गरेको छ । वर्षासँगै हिमपात हुने सम्भावना रहेकोले विश्व प्रख्यात पदयात्रा मार्गहरूमा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रा नगर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

    लम्सालले मौसम प्रतिकूल भएको बेला पदयात्रा गर्दा जोखिम बढ्ने भएकाले यात्रु तथा पर्यटन व्यवसायीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । साथै, प्रशासनले सम्बन्धित निकायहरूलाई उद्धार तथा आपतकालीन व्यवस्थापनका तयारीमा रहन निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar