पोखरीमा २८ वर्षीय युवकको शव फेला

  • कालिका खवर
  • शनिबार, अशोज १७, २०८३
  • रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    स्थानीय रामहरि दासका छोरा २८ वर्षीय राजेश दास शुक्रबार बिहान स्थानीय अरविन्द यादवको पोखरीमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

    पोखरीमा युवकको शव देखेपछि स्थानीयले बिहान १० बजेर ५ मिनेटमा प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी सहायक निरीक्षक ९सई० विनोद पासवानको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

    घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेशकुमार खत्रीको नेतृत्वमा वैज्ञानिक अनुसन्धानसहितको टोली समेत घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार युवकको मृत्यु पोखरीमा डुबेर भएको हो वा अन्य कुनै कारणबाट भन्नेबारे यकिन भइसकेको छैन । घटनाको प्रकृति र मृत्युको कारण खुलाउन प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ ।

    प्रहरीले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारणबारे थप जानकारी आउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar