पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • बागलुङ । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि आवतजावत अवरुद्ध भएको छ ।

    जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो ।

    सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

    सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar