पार्टीमा ओलीको विरोध गर्नेलाई महेश बस्नेतले दिए लामखुट्टेको संज्ञा

  • कालिका खवर
  • आइतवार, साउन ३१, २०८३
  • काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्नेहरुलाई लामखुट्टेको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अध्यक्ष ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एक समूहले कुना काप्चाका लामखुट्टेलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गरेको टिप्पणी गरेका हुन्।

    बस्नेतले एमालेभित्र दुई प्रकारका प्रवृत्ति रहेको, जसमा एकथरी नेता कार्यकर्ता पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको पक्षमा इमानदारीपूर्वक खटिएका छन् भने अर्को सानो समूह गुटबन्दी, नेतृत्वको आलोचना र आन्तरिक विवादमा केन्द्रित रहेको उल्लेख गरेका छन्।

    उनले भनेका छन्- ‘हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरुलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ।

    आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो। कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढने हो।’

    उनले पार्टी कार्यालयको चौर र क्यान्टिनमा बसेर नेतृत्वको विरोध गर्दै ‘चियाको कपमा क्रान्ति’ गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने दाबी गरेका छन्।

    बस्नेतले अहिलेको आवश्यकता गुट उपगुटमा विभाजित हुने नभई पार्टीलाई थप एकताबद्ध, सुदृढ र गतिशील बनाउने रहेको बताए। उनले आन्तरिक विवादभन्दा जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अघि बढाउन सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar