पार्किङ गरिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरूषको शव पोष्टमार्टमका लागि पठाइयो

  • कालिका खवर
  • मङ्लबार, साउन ५, २०८३
  • काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको हो ।

    आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ । कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar