प्युठानको माडी खोला किनारमा ५ जनाको शव फेला

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • प्युठान । प्युठानको माडी खोलामा पाँचजनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित खोलाको किनारमा पाँच वटा शव भेटिएको हो । ती शव हिजो राती रोल्पाको पहिरोमा वेपत्ताहरुलाई खोलाले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ ।

    शवको तस्वीर पहिचानका लागि प्युठान प्रहरीले रोल्पा प्रहरीलाई पठाएको छ । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोमा ११ जना पुरिएकोमा अहिलेसम्म ३ जनाको शव फेला परिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar