प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धीरज सेठले आज प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सँग भेटवार्ता गर्ने भएका छन् ।

    आइतबार प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका सेठले आज प्रधानमन्त्री साहसँग शिष्टाचार भेटवार्ता गर्न लागेका हुन् ।

    भेटका अवसरमा नेपाल–भारत मैत्री सम्बन्ध र द्धिपक्षीय आपसी हितका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भारतको प्रधानसेनापति नियुक्त भएपछि सेठले नेपालबाट आफ्नो विदेश भ्रमण थालेका हुन् । सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar