प्रदेश र जिल्ला निर्वाचन अधिकारीसँग अनलाइन बैठक

  • कालिका खवर
  • बिहिबार, साउन २१, २०८३
  • काठमाडौँ । निर्वाचन आयोगले प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग अनलाइन बैठक सम्पन्न गरेको छ । बैठकमा मतदाता नामावली अद्यावधिक अभियान सञ्चालनका विषयमा छलफल भएको आयोगले जनाएको छ ।

    यो अभियान सञ्चालन गर्ने गरी आयोगको साउन १५ गतेको बैठकबाट निर्णय भएको थियो । कार्यक्रम अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयहरूबाट मृत्यु भएका, बसाई सराई गरेका व्यक्तिहरूको विवरण लिई मतदाता नामावली अद्यावधिक गर्नेछन्।

    आयोगले यस कार्यक्रममा आवश्यक सहजीकरण गर्नका लागि सबै स्थानीय  तहमा पत्राचार गरिदिन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत अनुरोध गरिसकेको जनाएको छ ।

    बैठकमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तहरू डा.जानकीकुमारी तुलाधर, सगुन शम्शेर जबरा, गुरुप्रसाद वाग्ले र डा.राजीव सुब्बाको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar