ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल

  • कालिका खवर
  • आइतवार, जेष्ठ २४, २०८३
  • सिंगापुर । नेपालले एसीसी पुरुष एसिया कप छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

    ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै दुई विकेटको क्षतिमा पूरा गरेको थियो। उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एकतर्फी जित निकाल्दै उपाधिनजिक पुग्न सफल भयो।

    यस जितसँगै नेपालले फाइनलमा स्थान बनाएको छ भने प्रतियोगितामा आफ्नो प्रभावशाली लयलाई निरन्तरता दिएको छ। केही साताअघि आईसीसी विश्वकप लिग–२ मा ओमानसँग पराजित भएको नेपालले यसपटक सेमिफाइनलमा शानदार प्रदर्शन गर्दै बदला समेत लिएको छ।

    नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar