नियमित महाधिवेशनका लागि दवाव दिन भेला बोलाउँदै कांग्रेस जिल्ला सभापति

  • कालिका खवर
  • आइतवार, अशोज २६, २०८२
  • काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी, पूर्व पदाधिकारीहरूको परार्मश छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला नेता शेखर कोइराला निकट जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा देखिएका हुन् ।

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय रहेका बेला जिल्ला सभापतिहरूले केन्द्रको मात्र नेतृत्व परिर्वतनको विपक्षमा उभिएका छन् । जिल्ला सभापतिहरूले तत्काल सबै जिल्ला सभापतिहरू भेला बोलाएर नियमित महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिलाई दवाव दिने भएका छन् ।

    काठमाडौं उपलब्ध जिल्ला सभापतिहरू रामनाथ अधिकारी (धादिङ),महेन्द्रध्वज जीसी (नवलपुर),तेजेन्द्र खनाल (ओखलढुंगा), बुद्ध लामा(मकवानपुर),रूपनारायण जबेगु (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बु (मोरङ)ले विशेष महाधिवेशन होइन नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने उनीहरूको बुझाइ छ ।
    त्यस्तै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पक्षमा रहेका जिल्ला सभापतिहरूले भेलापछि पार्टीको विधान संशोधनसहितका विषय समेटेर सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एक जिल्ला सभापतिले जानकारी दिए । जिल्ला सभापतिहरूसँग समन्वयका लागि उनीहरू जिल्ला सभापतिले प्रदेश अनुसार कार्यविभाजनसमेत गरेको ती जिल्ला सभापतिले जानकारी दिए ।अधिकांश जिल्ला सभापतिहरु नियमित महाधिवेशनको पक्षमा रहेको ती सभापतिले जानकारी दिए।

    नेता शेखरसहितका नेताहरू छिटो र छोटो प्रक्रियाबाट नियमित महाधिवेशनको पक्षमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्ष उभिएका छन् । सभापति देउवासहितका संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनले पार्टी विभाजन हुने र तत्काल महाधिवेशन पनि सम्भव नरहेको जिकिर गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar