नेपाली सेनाद्वारा इटहरीमा पत्रकारका लागि अभिमुखीकरण तालिम

  • कालिका खवर
  • सोमवार, अशोज २७, २०८२
  • इटहरी  । नेपाली सेनाको पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारका लागि रक्षा संवाददाता अभिमुखीकरण सञ्चालन गरिएको छ । पूर्वी पृतना मुख्यालय इटहरीमा आजदेखि सुरु उक्त कार्यक्रममा पृतनापति उपरथी गौरवकुमार केसीले सफलताको शुभकामना व्यक्त गरे ।

    चार दिवसीय अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका बारेमा जानकारी दिइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    कार्यक्रममा विपद् प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ । यस्ता कार्यक्रमबाट सञ्चार जगत् तथा नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar