नेकपा एमालेसँग तत्काल पार्टी एकता हुँदैन : वर्षमान पुन

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने अवस्था नरहेको बताएका छन्। शनिबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले एमालेसँग एकताबारे बाहिर आएका चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले विश्वासको वातावरण बने सहकार्य हुँदै एकताको वातावरण पनि बन्न सक्ने बताए।

    ‘विश्वासको वातावरण बन्यो भने सहकार्यको वातावरण बन्छ। एकता पनि हुन्छ। पहिले भएकै स्थिति छ। अहिलेको सन्दर्भमा एमालेसँग एकता हुने ठाउँमा विषय पुगेको छैन। बाहिर आएका हल्लामा कुनै सत्यता छैन,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar