मुग्लिन–नारायणगढ सडकमा पहिरो, एकतर्फी अवरुद्ध

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।

    सडक डिभिजन भरतपुरका अनुसार तुईन खोला पुल, नाम्सी खोलाको नयाँ पुल क्षेत्रमा माथिबाट ढुंगा खसेको तथा सिमलतालमा लेदो सडकमा बगेपछि सवारी आवागमन प्रभावित भएको हो ।

    पहिरो हटाउन डिभिजनको उपकरण परिचालन गरिसकिएको छ । थप पहिरो नझरेमा करिब एक घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ ।

    वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायम रहेको भन्दै सडक डिभिजनले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar