मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालकको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, साउन १, २०८३
  • काठमाडौँ : काठमाडौंको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब १२ बजे भृकुटी चोक नजिक मोटरसाइकल र स्कुटर ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकको सनाखत हुन बाँकी छ भने दुर्घटनाको विस्तृत विवरण पनि खुल्न सकेको छैन । प्रहरीका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा १४ वटा दुर्घटना भएका थिए । तीमध्ये १६ जना सामान्य घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar