मन्त्री गौतमको स्पष्टोक्ति– राष्ट्रिय सभाले असहयोग गरेको भनेर कुनै पनि शब्द प्रयोग गरेको छैन

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा आफूले राष्ट्रियले असहयोग गरेको भन्दै नभनेको स्पष्ट पारेकी छिन् ।

    बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएपछि मन्त्री गौतमले स्पष्ट पारेकी हुन् ।

    मन्त्री गौतमले आफुले प्रतिनिधि सभामा दुई–तिहाइ बहुमत भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभाको बहुमतले मात्र पूर्ण नपुग्ने र कानुन निर्माणका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने एउटा जटिल र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने तथ्य मात्रै बताएको उनको भनाइ छ ।

    आफूले तथ्यपरक कुरा मात्र राखेको र राष्ट्रिय सभाले असहयोग ग¥यो भनेर कुनै पनि आपत्तिजनक शब्द प्रयोग नगरेको बताइन् । उनले आफु राजनीतिक व्यक्ति भएकाले आफ्ना भनाइहरूलाई पत्रकार तथा सामाजिक विश्लेषकहरूले फरक–फरक ढंगले व्याख्या गरेको तर्क गरिन् ।

    मन्त्री गौतमले आफूले नबोलेका कुरा वा मिडियाले आफ्नै ढंगले गरेका व्याख्याप्रति आफू जिम्मेवार हुन नसक्ने उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय सभा र सरकार मिलेर समन्वयका साथ कानुन निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar