मलाई निर्मला पन्तबारे प्रश्न नगर्नुहोला : गृहमन्त्री गुरूङ

  • कालिका खवर
  • बिहिबार, साउन २१, २०८३
  • काठमाडौं । गृहमन्त्री सुदन गुरूङले आफूलाई बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको बारेमा प्रश्न नगर्न आग्रह गरेका छन् ।

    बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँगको प्रश्नोत्तर कार्यक्रममा उनले निर्मला पन्तबारे प्रश्न नगर्न र यसबारेमा सुक्ष्म अनुसन्धान भइरहेको बताएका हुन् ।

    प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिएका थिए। सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका थिए।

    जवाफमा गृहमन्त्रीले भने, ‘यो विषय एकदमै सेन्सेटिभ छ। हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो ?। आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत कि न्याय दिने हो?। धेरै कुरा बोल्न सक्दिँन। बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँं,’।

    गृहमन्त्री गुरुङले अब संसद्मा निर्मला हत्या प्रकरणमा प्रश्न नगर्न अनुरोध गरे। ‘यो प्रश्न नउठाइ दिन हुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रुपमा सोध्नु होला,’ उनले थपे, ‘यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar